多言語たげんご 情報じょうほう コーナーこーなー

2020ねん2月号がつごう ネパール語ねぱーるご  नेपाली

१. जे-एलर्टको देशभरी एकैचोटी जानकारी प्रसारण परिक्षण बारे जानकारी !


यहि फेब्रुअरी महिनाको १९ तारिक बुधबारका दिन, बिहान ११ बजेतिर, तत्काल चेतावनी सिस्टमको लोकप्रिय नाम (जे-एलर्ट)को प्रशिक्षण संचालन गरिने भएकोछ |

प्रसारण गरिने विवरण चाँही, पहिले झन्कार बजेर “कोरे वा जे-आरा-तोनो तेसुतो देसु” भनेर घोषणा गरिनेछ | त्यसपछि, फेरी झंकार बजेर परिक्षण सम्पन्न हुनेछ |

यो प्रसारण, शहरका १८५ ओटा स्थानहरुमा भएका आउटडोर स्पीकर बाट सुन्न सकिनेछ | FM कुलाला ८५७ बाट पनि, तत्कालको प्रसारणलाई बिचमै रोकेर उक्त जे-एलर्टको घोषणा प्रसारण गरिनेछ | यस बाहेक, प्रकोप सूचक रेडियो भएका व्यक्तिहरुको रेडियोमा, यो प्रसारण स्वचालित रूपमा बज्नेछ |

जे-एलर्ट भनेको, ठूलो खालका प्राकृतिक प्रकोप तथा ब्यालिस्टिक मिसाइल आक्रमण आदिको आपतकालीन जानकारी जापान देशभरि सबैलाई, तत्कालै प्रसारण गर्ने सिस्टम हो |

सम्पूर्ण महानुभावहरुको समझदारी र सहयोगको लागि अनुरोध गरिन्छ |


२. “ड्राइभ गर्दै” निषेधको दण्ड सजायलाई अझ कडा बनाईएको बारे जानकारी !


सन् २०१९ सालको डिसेम्बर महिना देखि सडक यातायात कानूनमा संशोधन् गरिएकोछ |

गाडी चलाउँदै स्मार्ट तथा मोबाइल फोन आदि चलाउने, कार-नाभी तथा टेलिभिजनलाई घोरिएर हेर्ने जस्ता र अन्य “ड्राइभ गर्दै” गरिने क्रियाकलाप विरुद्ध, हुने दण्ड सजाय अझ कडा गरिएको जानकारी गराईन्छ |

मोबाइल फोन प्रयोग गरेमा हुने दण्ड सजाय, ६ महिना सम्मको कैद अथवा १ लाख येन सम्म जरीवाना कायम गरिएकोछ | साधारण वाहन भएमा, बेइमानी जरिवाना वापत थप १८,००० येन र नियम उलंघन वापतको प्वाईन्ट ३ कायम गरिएको छ |

यस्ता क्रियाकलापद्वारा, यातायातमा खतरा उत्पन्न गराएवापतको दण्ड सजाय, १ बर्ष सम्म कैद अथवा ३ लाख येन सम्म जरीवाना हुनेछ | यसमा सबै प्रकारका वाहनहरु बेइमानी जरिवाना प्रणाली बाहिर भएपनि दण्डको अधीनमा पर्दछन् | र नियम उलंघन वापतको प्वाईन्ट ६ हुने हुनाले, सवारी चालक प्रमाणपत्र निलम्बन गरिन्छ |

“ड्राइभ गर्दै” कुनैकाम गर्नु भनेको, दुर्घटना निम्त्याउन सक्ने क्रियाकलापहरु हुने हुनाले, बिल्कुलै बन्द गरौँ |


३. विदेशी बासिन्दाहरुको लागि परामर्श डेस्कको विस्तार बारे जानकारी !


तोचिगी नगरको कोउर्यूउक्यौकाईमा, नगर भित्र बसोबास गरिरहेका सबै विदेशी बासिन्दाहरुको समस्या तथा चिन्ताका बिषयहरुको समाधानको लागि, संचार भाषाहरुको वृद्धि गरि परामर्श डेस्कको स्थापना गरिएकोछ |

परामर्श गर्न सकिने बिषयहरुमा, निवास प्रक्रिया, पेन्सन, कर, बीमा, उपचार, रोजगार, श्रम, सुत्केरी, बाल पालन-पोषण, बच्चाको शिक्षा, जापानी भाषा अध्ययन आदि पर्दछन् |

अध्यागमन विभागमा पेश गरिने कागजातहरु जस्तै, ज्युउमिन्ह्योउ, जन्म दर्ता प्रमाणपत्र, विवाह प्रमाणपत्र आदिहरुको अनुवाद पनि गरिन्छ |

संचार गर्नसकिने भाषाहरुमा, जापानी, अंग्रेजी, चिनी, स्पेनी, पोर्तुगिज, तागालोग (फिलिपिनी) नेपाली, थाई, कोरियन, सिंन्हाला (श्रीलंकाली) आदि हुन् |
अन्य भाषाहरुको बारेमा, अनुवाद मेशिनको प्रयोग गरि संचार गरिन्छ |

परामर्श गर्ने तरिका, परामर्श डेस्कमा र फोन बाट दुबै |
परामर्श गर्ने दिन, सोमबार देखि शुक्रबार सम्म, बिहान ९ बजे देखि बेलुकी ५ बजे सम्म |
परामर्श शुल्क, नि:शुल्क र व्यक्तिगत जानकारी गोप्य राखिने |

कृपया, यो सुविधाको उपयोग गर्नुहोला |