多言語たげんご 情報じょうほう コーナーこーなー

2020ねん1月号がつごう ネパール語ねぱーるご  नेपाली

१. सन् २०१९ सालमा, कर फिर्ता बारे जानकारी !


जापानको कम्पनिमा १ बर्ष भन्दा बढि काम गर्ने सबै विदेशी बासिन्दाहरुको पारिश्रमिक (वेतन) बाट आयकर कट्टी गरिन्छ | त्यसलाई “गेन्सेन् च्योउस्युउ” (कर कट्टी रकम) भनिन्छ |

अनि, बर्षको अन्तिम वेतन प्राप्त गर्दाखेरी, आफु काम गरिरहेको कम्पनिले सो बर्षमा कर वापत कट्टी गरेको जम्मा रकम र सो बर्ष भरिको वेतन वापत प्राप्त गरेको जम्मा रकमको हिसाब गर्दछ | त्यस्तो प्रक्रियालाई “नेन्माचु च्योउसेइ” बर्ष-अन्त समायोजन” भनिन्छ |

यदि, स्वदेशमा तपाईंको आयमा आश्रित व्यक्ति अर्थात् पैसा पठाउने गर्नु भएको परिवार भएरपनि, आफु काम गर्ने कम्पनिलाई सो कुराको जानकारी नभएर नेन्माचु च्योउसेइमा उक्त रकम मिलान नगरेको भए, कर कार्यालयमा गई, काकुतेई शिन्कोकु (कर फिर्ताको लागि आवेदन) दिन सकिन्छ |

सन् २०१९ सालको कर फिर्ता आवेदन (काकुतेई शिन्कोकु) दिने अवधि, सन् २०२० सालको फेब्रुअरी महिनाको १७ तारिक (सोमबार) देखि मार्च महिनाको १६ तारिक (सोमबार) सम्म हो |

तोचिगी कर कार्यालयको काकुतेई शिन्कोकु गर्ने ठाउँ, कातायानागी-च्योउको “तोचिगी स्योउकोउ काइगीस्योको हल हो |

सबै विदेशी बासिन्दाहरुले काकुतेई शिन्कोकु गर्ने हो भने निम्नलिखित कागजातहरु तैयार पारिराख्नु होला |
・ गेन्सेन् च्योउस्युउ-ह्योउ
・ जाईर्युउ कार्डको फोटोकपि
・ बसोबास शैली सम्बन्धि प्रमाणपत्र र
・ बैंक बूकको फोटोकपि

त्यस बाहेक, तपाईंको आयमा आश्रित परिवार भएमा, नाता प्रमाणित प्रमाणपत्र र पैसा पठाएको प्रमाण आवश्यक हुन्छ | त्यस्ता प्रमाणपत्रहरु विदेशी भाषामा छन् भने, जापानी भाषामा उल्था गरेको कागजहरु पनि संलग्न हुनु पर्दछ |

पारिश्रमिक आयको मात्र कर फिर्ता आवेदन दिंदा, “शिन्कोकु A” भन्नुहोला |

काकुतेई शिन्कोकु बाहेक, कर सम्बन्धि विस्तृत जानकारीको लागि, कोकुज़ेईच्योउ (राष्ट्रिय कर एजेन्सी) को होमपेजको अंग्रेजी भाषा संस्करणमा हेर्न सकिन्छ |


२. सिमिन् कोउर्युउ सेन्टरको उदघाटन तथा तोचिगी सार्वजनिक हल सर्ने समय लम्बिएको बारे जानकारी !


सन् २०२० सालको अप्रिल १ तारिकमा, सिमिन् कोउर्युउ सेन्टर उदघाटन गर्ने भनि, सन् २०१९ सालको नोभेम्बर महिनाको बुलेटिनमा जानकारी प्रेषित गरिएको थियो | तर, टाईफून् १९ नम्बरको कारणले बाढी पसि क्षति पुर्याएको हुनाले, मर्मत कार्य गर्नु आवश्यक भएर, त्यसको उदघाटन आउँदो जुलाई महिनाको १ तारिकमा सारिएको जानकारी गराईन्छ |

उक्त अवधिको लागि, तोचिगी कोउमिन्कान्को काउन्टर र हल आदि हिनोदेच्योउको हालको स्थानमा संचालन हुनेछ |

ध्यानमा रहोस, नयाँ सुविधा प्रयोग गर्ने सम्बन्धि अग्रिम आरक्षणको आवेदन दर्ता चाहिं, साविक बमोजिम हुनेछ | जस्तै, प्रयोग गर्ने योजना गरेको दिन संग सम्बन्धित महिनाको ३ महिना अघिको महिनाको पहिलो दिनबाट आरक्षण आवेदन दर्ता लिइनेहुनाले, सन् २०२०सालको अप्रिल १ तारिक देखि लागु गरिनेछ |

सम्बन्धित सबैमा, यस बाट पर्नगएको असुविधाको लागि खेद प्रकट गर्दै, समझदारी र सहयोगको लागि अनुरोध गरिन्छ |


३. फुरेआई बस र कुरा-ताकुको संचालनमा फेरबदल भएको बारे जानकारी !


नगरभित्र संचालित फुरेआई बस र कुरा-ताकु (नगरले संचालन गरेको ट्याक्सी) को प्रयोग अझ सरल र सुविधायुक्त बनाउन यसको संचालन व्यवस्थामा फेरबदल भएको कुरा जानकारी अवगत गराईन्छ |

सब भन्दा पहिले, फुरेआई बसको भाडा शहरको जुन ठाउँबाट चढेपनि २०० येन कायम गरिएको छ | अनि, ७५ बर्ष भन्दा बढिका व्यक्तिको लागि १०० येन र प्राथमिक विद्द्यालय उमेर भन्दा कमका बालबालिकाहरुको लागि नि:शुल्क गरिएकोछ | कुरा-ताकुको भाडा चाँही ४०० येन कायम गरिएको छ |

यस बाहेक, नगरबासी सबैको अनुरोधमा, फ़ुरेआई बसको लाईन र समयतालिकामा पनि संशोधन गरिने भएकोछ | बस हाल कुन् ठाउँमा चलिरहेकोछ र गन्तव्य स्थानमा कति बजे पुग्छ, भन्ने कुरा सजिलै थाह पाउन सकिने प्रणाली लागु गरिने भएकोछ |

फ़ुरेआई बस, सन् २०२० सालको मार्च महिनाको २१ तारिक देखि, कुरा-ताकु चाँही सन् २०२० सालको अप्रिल महिनाको १ तारिक देखि उपरोक्त परिवर्तित व्यवस्था लागु गरिनेछ |


४. दोन्दो याकि कार्यान्वयन बारे जानकारी !


जापानको चलन भित्र, नयाँ बर्ष सकिएपछि, “कोस्योउगाचु” भनिने इभेन्ट हुन्छ | त्यसको एकभागमा, नयाँ बर्षमा सजाईएका सामग्रीहरु र परालले तैयार पारिएका दाम्लो (डोरी) हरुको अग्लो थुप्रो बनाएर आगो लगाउने इभेन्टलाई “दोन्दो याकि” भनिन्छ |

“दोन्दो याकि” को निभ्ने बेलाको आगोमा मोचि पोलेर खाँदै, नयाँ बर्षमा विरामी नभई स्वस्थ जीवन बिताईयोस भनि प्रार्थना गर्ने गरिन्छ |

तोचिगी नगरको फुजिओका र निशिकाता क्षेत्रमा उक्त इभेन्टहरु कार्यन्वयन गरिने हुनाले, अवश्यपनि जापानको परम्परागत इभेन्टको अनुभव गर्नुहुनेछ भन्ने आशा लिइएकोछ |

फुजिओका क्षेत्रमा, जनवरी १८ तारिक (शनिबार) दिउँसो १:३० बजे देखि ४ बजे सम्म, फुजिओका सोउगोउ ताईइकुकान् दक्षिण तिरको पार्कमा कार्यान्वयन गरिनेछ | १८ तारिक यदि मौसम खराब भएमा १९ तारिक (आइतबार) लाई सारिनेछ |

निशिकाता क्षेत्रमा, जनुअरी २५ तारिक (शनिबार) साँझ ५ बजे देखि ७ बजे सम्म (मिचिनो एकि निशिकाता) को पश्चिम तिरको खेतमा कार्यान्वयन गरिनेछ | २५ तारिकको दिन यदि मौसम खराब भएमा २६ तारिक (आईतबार) लाई सारिनेछ |
पार्किंगको लागि, निशिकाता सोउगोउशिस्यो अथवा निशिकाता स्योउगाक्कोउको पार्किंग स्थललाई प्रयोग गर्नुहोला |