多言語たげんご 情報じょうほう コーナーこーなー

2019ねん11月号がつごう ネパール語ねぱーるご  नेपाली

१. शियाकुस्यो बाट जानकारी


तोचिगी शियाकुस्योमा, आउँदो बर्ष सन् २०२० सालको जनवरी महिनाको १ तारिकदेखि, कुनै कुनै प्रमाणपत्रहरुमा लाग्ने शुल्कमा परिवर्तन भएको जानकारी गराईन्छ | नगरवासीहरु सबैको समझदारी र सहयोगको लागि अनुरोध गरिन्छ |
उदाहरणको लागि, सिमिन्सेइकाचु शाखामा ज्युउमिन्ह्योउ, इन्कान् तोउरोकु स्योउमेइस्योउ आदि लिंदाखेरी हालसम्म एकप्रतिको २०० थियो भने अब उप्रान्त ३०० येन तिर्नु पर्ने भएकोछ |

त्यसै गरि, सिमिन्जेइ शाखा (नगर कर शाखा) मा नोउजेइ स्योउमेइस्योउ, स्योतोकु स्योउमेइस्योउ, ज्युउमिन्ज़ेई केत्तेई स्योउमेइस्योउ आदि लिंदाखेरी अब उप्रान्त एक प्रतिको ३०० येन तिर्नु पर्ने भएको जानकारी गराईन्छ |

हालै, शियाकुस्योको सिमिन् सेइकाचु शाखामा, बहुभाषीय यन्त्र प्रयोग गरि जापानी भाषा बुझ्न सजिलो बनाईएको छ | निर्धक्क भएर उक्त सुविधा प्रयोग गर्न सकिने कुराको जानकारी गराईन्छ |


२. पानी तथा ढलको शुल्कमा लाग्ने उपभोक्ता कर बारे जानकारी !


हालै भएको उपभोक्ता करको वृद्धिको साथ् साथै यहि अक्टोबर महिनाको १ तारिक देखि खाने पानी तथा ढलको शुल्कमा लाग्ने कर पनि ८ बाट १० % मा वृद्धि हुने जानकारी गराईन्छ |

तर, सेप्टेम्बर महिनाको ३० तारिक भन्दा अघिनै मिटर रिडीन्ग भैसकेको र निरन्तर पानी प्रयोग गरिरहेको भए, अक्टोबर १ तारिक पछि एकपटकको लागि मात्र ८% उपभोक्ता कर लाग्ने छ |

मान्छेले पिउने पानी र खानको लागि प्रयोग गरिने मिनरल वाटर चाँही, “खाद्द्यपदार्थ” भित्र पर्ने हुनाले उपभोक्ता कर साविक कै ८% मात्र लाग्ने छ | तर धाराको पानी चाँही, खाना पकाउने, पिउने, नुहाउने, लुगा धुने जस्ता काममा पनि प्रयोग गरिने भएकोले धाराको पानीमा लाग्ने शुल्कको करमा १०% लागु हुने बारे जानकारी गराईन्छ |


३. रुबेला एन्टिबडीको निशुल्क परीक्षण बारे जानकारी !


हाल रुबेला अत्यधिक मात्रामा फैलिएको छ |

रुबेला वयष्कलाई लागेमा त्यसको लक्षण गम्भीर हुने गर्दछ र भर्खरै गर्भवती भएका महिलालाई सार्न सक्ने हुनाले, नयाँ जन्मिने बच्चाको आँखा/कान, मुटुमा असर पार्न सक्दछ |

सन् १९६२ सालको अप्रिल २ तारिक देखि सन् १९७९ सालको अप्रिल महिनाको १ तारिकको बिचमा जन्मेका पुरुषहरु सबैलाई, तोचिगी शियाकुस्योबाट नि:शुल्क रुबेला एन्टिबडीको परीक्षण र खोप् लिनको लागि कुपन पठाईएको छ |

तोचिगी नगरमा बसोबास दर्ता गरेका विदेशी नागरिक सबैलाई उक्त कुपन पठाईएको व्यहोरा जानकारी गराईन्छ |

उक्त रोग आफुलाई सर्नबाट बचाउनुका साथै देशव्यापी रुपमा यो रोग फैलिनबाट रोक्न, सक्रिय रुपमा स्वास्थ्य परिक्षण गराऔं |


४. टाइफून् नं. १९ बाट पीडित व्यक्तिहरुलाई जानकारी !


यो टाईफून् ले गर्दा घरमा पुगेको “प्रकोपको प्रमाणपत्र” को लागि, शियाकुस्यो प्रधान कार्यालयको दोश्रो तल्ला स्थित् सिसान्जेई-का (सम्पत्ति कर शाखा) मा निवेदन दिनुहोला |

शियाकुस्योका सम्बन्धित कर्मचारीहरुले, बाढी पसेर भएको क्षतिको अवस्थाको अन्तर्वार्ता सर्वेक्षण गर्नेछन् |

अन्तर्वार्ता सर्वेक्षणको बेला, क्षति पुगेको अवस्थाका फोटोहरु साथमा लिएर जानुहोला | त्यसको आधारमा, शियाकुस्योका कर्मचारीहरु तपाईंको घरदैलोमा गई वास्तविक अवस्थाको निरिक्षण गर्नेछन् |

त्यसपछि, घर बाहेक फर्निचर, विध्युतीय यन्त्रहरु तथा सवारी साधनहरू पनि क्षति भएका छन् भने, “क्षतिको प्रमाणपत्र” शियाकुस्योको उपरोक्त शाखाबाट लिन सकिन्छ | त्यसता क्षतिहरुको पनि फोटो खिचेर लैजानु पर्नेछ | क्षति भएको गाडीको फोटो, नम्बर प्लेट देखिने गरि खिच्नुहोला |

यसबाहेक, “प्रकोपको प्रमाणपत्र” र “क्षतिको प्रमाणपत्र” को लागि आवेदन लिने समय, बिहान ८ बजे देखि साँझ ५ बजे सम्म र विदाका दिनहरुमा, बिहान ९ बजे देखि बेलुकी ५ बजे सम्म भएको जानकारी गराईन्छ |

अनि, घरभित्र बाढी पसेर ब्याक्टेरिया र ढुशी फैलिनगई, संक्रमण हुने डर भएकोले, किटाणुनाशक औषधि प्रयोग गरि राम्ररी सफा गर्नुहोला |