多言語たげんご 情報じょうほう コーナーこーなー

2019ねん10月号がつごう ネパール語ねぱーるご  नेपाली

१. किन्डरगार्टन्, नर्सरी स्कूल तथा अधिकृत बाल संस्थाहरु नि:शुल्क हुने बारे जानकारी !


सन् २०१९ साल अक्टोबर १ तारिक देखि, ३ बर्ष देखि ५ बर्ष सम्मका बालबालिकाहरुलाई, किन्डरगार्टन्, नर्सरी स्कूल तथा अधिकृत बाल संस्थाको प्रयोग नि:शुल्क गरिने भएकोछ |

यस बाहेक, आवासिय कर छूट पाएका परिवारहरुको, ० बर्ष देखि २ बर्ष सम्मका बालबालिकाहरुलाई पनि उपरोक्त स्कूलहरु नि:शुल्क प्रयोग गर्न पाईने भएको जानकारी गराईन्छ |

किन्डरगार्टन् प्रयोग गर्ने बालबालिकाहरु, अधिकृत बाल संस्था बाहेक अन्य संस्था प्रयोग गर्ने बालबालिकाहरु र फ्यामिली सपोर्ट सेन्टर आदि प्रयोग गर्ने बालबालिकाहरुलाई भने निर्धारित शुल्कसम्म छूट दिईने व्यवस्था भएकोछ |

भर्ना हुनु अघिका अशक्त बालबालिकाहरुको स्कूल प्रयोग गर्ने हरुलाई पनि प्रयोग नि:शुल्क गरिएकोछ | ३ बर्ष देखि ५ बर्ष सम्मका बालबालिकाहरुलाई किन्डरगार्टन्, नर्सरी स्कूल तथा अधिकृत बाल संस्थाको अथवा दुबै प्रयोग गरेपनि नि:शुल्क गरिने भएकोछ |

प्रारम्भिक बाल शिक्षामा लाग्ने खर्च घटाई, नयाँ पिढीका अभिभावकहरुलाई सहयोग गरेर, घट्दो जन्मदर बिरुद्ध उपायको रुपमा, उपभोग कर वृद्धिका साथै यो सुविधा लागु गरिएकोहो |

यसमा सम्पूर्ण नगरवासीहरुको समझदारीको लागि अनुरोध गरिन्छ |


२. बालबालिकाहरुलाई इन्फ्लुएन्जा रोकथामको खोपमा अनुदान बारे जानकारी !


यहि अक्टोबर महिना देखि, जन्मेको ६ महिना भन्दा माथि, प्रा. वि. मा भर्ना हुनु अघिका र यहि तोचिगी नगरमा बसोबास दर्ता भएका बालबालिकाहरुका लागि, इन्फ्लुएन्जा खोपमा अनुदान दिने व्यवस्था लागु भएको जानकारी गराईन्छ |

अनुदान रकम चाँही २,५०० येन कायम गरिएकोछ | खोपमा लागेको खर्च रकम बाट यो रकम घटाएर बाँकी हुने रकम मात्र स्वयंले व्यहोर्नु पर्ने हुन्छ |

यो सुविधा लागु हुने अवधि, यहि अक्टोबर महिनाको १ तारिक देखि आउँदो बर्ष सन् २०२० सालको फेब्रुअरी महिनाको २९ तारिक सम्म सीमित भै, नगर भित्रका क्यौर्योकु इर्योउ किकान् (सहयोग चिकित्सा संस्था) हरुमा खोप लगाउन सकिन्छ | उक्त अनुदान, यो अवधि भरिमा जम्मा २ पटक मात्र प्रदान गरिने जानकारी गराईन्छ |

इन्फ्लुएन्जा खोप लगाउन चाहने व्यक्तिहरुले सीधै त्यस्ता चिकित्सा संस्थाहरुमा आवेदन दिनु होला |


३. उपभोक्ता कर वृद्धि बारे जानकारी !


सन् २०१९ साल अक्टोबर महिनाको १ तारिक देखि उपभोक्ता करको दर ८% देखि १०% मा वृद्धि हुने भएकोछ |

उपभोक्ता कर भनेको, कुनै सामान किन्दा अथवा कसैको सेवा लिंदा खेरी, जापानमा बस्ने जो कोहिले पनि व्यहोर्नु पर्ने कर हो |

यसरी वृद्धि भएको करको रकम, सबै पुस्ताको सामाजिक सुरक्षाको लागि प्रयोग हुने गर्दछ |

यस पटकको उपभोक्ता करको दर वृद्धिमा, मदिरा, घरेलु खाद्य तथा पेय पदार्थ र अखबार आदि किन्दा लाग्ने कर चाँही, ८% न्यून कर दर प्रणाली लागु गरिएकोछ |

रेस्टुरेन्ट, सुपरमार्केट तथा कन्भिनियंस स्टोरहरू, जहाँ किनमेल गरेपनि, किनेको सामानहरु घर लिएर फर्कने होभने ८% र यदि त्यहीं बसेर खाने होभने १०% उपभोक्ता कर लाग्नेछ |

पसलको कर्मचारीले तपाईंलाई, “इट इन् हो ?” अथवा “टेक आउट हो?” भनेर सीधै सोध्न सक्नेछन् |

सम्पूर्ण महानुभावहरुको सहयोग र समझदारीको लागि अनुरोध गरिएको छ |


४. शरद ऋतुको इभेन्टहरुको बारेमा जानकारी !


अक्टोबर १९ तारिक शनिबार देखि, हरेक महिनामा एकपटक बिहान १० बजे देखि साँझ ४ बजे सम्म, तोचिगी दासीकाईकान् अगाडिको चौरमा “तोचिगी टुडेज मार्केट” को आयोजना गरिने भएकोछ |

यो मार्केटमा, तोचिगी नगर भित्र र बाहिरका कृषकहरुद्वारा कृषि उत्पादनको पसलहरु, फूड स्टलहरु र कलाकर्मी हरुद्वारा लाइभ संगीत प्रस्तुत् गर्ने योजना रहेकोछ |

नोभेम्बर देखि, नोभेम्बरको २३ तारिक, डिसेम्बरको २१ तारिक, जनवरीको २५ तारिक, फेब्रुअरीको २२ तारिक र मार्चको २८ तारिक यो मार्केट आयोजना हुने जानकारी गराईन्छ |

अर्को इभेन्ट, अक्टोबर २७ तारिक आईतबार चाहिं, बिहान १० बजे देखि अपरान्ह ३:३० बजे सम्म, “तोचिगी क्योउदोउ माचुरी २०१९” तोचिगी दासीकाईकान् अगाडीको चौरमा तथा त्यसको ओरिपरी आयोजना गरिने भएकोछ |

यस बाहेक, नोभेम्बर महिनाको २ तारिक शनिबार र ३ तारिक आईतबारको २ दिन, बिहान १० बजे देखि साँझ ४ बजे सम्म, तोचिगी कुरानो माचि ओदोरीको आसिकागा बैंकबाट योरोजुच्योउ सम्म र योरोजुच्योउको किन्र्युउजी (मन्दिर) ओरिपरी, “एक्काइसौँ पटकको कुरानो माचि फुरुसातो माचुरी” को आयोजना गरिने भएकोछ |

कुरानो माचि ओदोरीलाई केन्द्रित गरि, सामानहरुको बिक्री बाहेक, सान्कोकुसीको दासीको, काराकुरी निन्ग्योउको र एन्टिक सामान आदिको प्रदर्शनी गरिने योजना रहेकोछ |

तोचिगीको शरदकालको आनन्द लिनुहुनेछ भन्ने आशा गरिएकोछ |