多言語たげんご 情報じょうほう コーナーこーなー

2019ねん08月号がつごう ネパール語ねぱーるご  नेपाली

१. अन्तर्राष्ट्रिय विनिमय “उतामारोदोच्युउ” कलाकारहरुको भर्ती बारे जानकारी !


आउँदो नोभेम्बर महिनाको २ तारिक (शनिबार), तोचिगी नगरसंग सम्बन्धित
उकियोएशि, “कितागावाउतामारो” ले लेखेको संसारलाई कल्पना गरि “उतामारोदोच्युउ” लाई, जापानी र विदेशी कलाकारहरुद्वारा प्रस्तुत् गर्ने योजना अनुसार, त्यसमा भागलिने कलाकारहरुको भर्ना खुल्ला गरिएकोछ |

भागलिने कलाकारहरुले, एदो कालको मानिसको भेष धारण गर्नु पर्ने भएकोले, व्हिग तथा विशेष प्रकारका कपडाहरु लगाउनु पर्ने हुन्छ |

भर्ना गर्नुपर्ने कलाकारहरुको भूमिका ११ थरिका भएकोले, प्राथमिक विद्यालयका ५ कक्षामा पढ्ने उमेरका देखि लिएर ६० बर्ष उमेरका पुरुष तथा महिलाले आवेदन दिन सक्नेछन् | तर भूमिका अनुसारको शर्तहरुको पालना गर्नुपर्ने हुन्छ |

आवेदन फारम, तोचिगी-शिको होमपेजबाट उपलब्ध गर्न सकिन्छ |

आवेदन गर्दा, आवेदन कर्ताको फोटो पनि आवश्यक हुन्छ |

इच्छुक व्यक्तिहरुले, यहि अगस्त महिनाको ३० तारिक सम्ममा आवेदन दिईसक्नु पर्नेछ |
विस्तृत जानकारीको लागि, कोकुसाई कोउर्युउक्योउकाई फोन ०२८२-२५-३७९२ मा सम्पर्क राख्नुहोला |


२. ओलम्पिक मशाल धावकको खुल्ला भर्ना बारे जानकारी !


यहि जुलाई महिनाको १ तारिक देखि, टोकियो २०२० ओलम्पिक मशाल धावकको खुल्ला भर्ना शुरु भएकोछ |

तोचिगी-केनबाट खुल्ला भर्ना हुने व्यक्तिहरुको संख्या २५ जना पुगेकोछ |

आवेदन दिन सक्ने व्यक्तिहरु, सन् २००८ साल अप्रिल महिनाको १ तारिक भन्दा पहिले जन्मेका, तोचिगी-केन संग सम्बन्धित हुनुपर्ने छ |

आवेदनको म्याद आउँदो अगस्त महिनाको ३१ तारिक सम्म रहेको छ |

आवेदन गर्ने तरिका, तोचिगी-केनको होमपेज भित्रको आवेदन फारममा आवश्यक विवरणहरु भरेर, हुलाक अथवा ई-मेल मार्फत पठाउनु पर्ने हुन्छ |

तोचिगी-केनको रिले रेस संचालन गरिने दिन, सन् २०२० साल मार्च महिनाको २९ तारिक (आईतबार) र ३० तारिक (सोमबार) हो र तोचिगी नगरको लागि २९ तारिक संचालन गरिने योजना रहेकोछ |

एकजनाले दगुर्नु पर्ने दुरी लगभग २०० मिटर भएको बताईएको छ |

रिले रेस संचालन गरिने दिनमा, मशाल धावकहरुलाई युनिफर्म लुगा प्रदान गरिनेछ |

तोचिगी-केन बाहेक, अफिसियल स्पोन्सर नामक फारम पनि छ र कोका-कोला, टोयोटा जिदोउस्या, निहोन्सेइमेई, एन्टीटी गरि अन्य चारओटा कम्पनिहरुले पनि आवेदन माग गरेका छन् |

आवेदन दिने तरिका, आवेदन माग गर्ने कम्पनि अनुसार फरक हुने हुनाले सम्बन्धित् कम्पनिको वेबसाईट हेर्नुहोला |


३. तोचिगी सिटी फुटबल क्लब बारे जानकारी !


तोचिगी नगरमा, “तोचिगी सिटी फुटबल क्लब” नामक फुटबल क्लब छ |

कान्तोउ फुटबल लीगको एकभाग संग सम्बद्ध भएर जे-लीगलाई लक्ष्य बनाई लडिरहेको छ |

यो क्लबलाई यस भन्दा अघि, “तोचिगी युवा फुटबल क्लब” भनिने गर्दथ्यो र हालसालै यसको नाम परिवर्तन भएको हो |

तोचिगी सिटी फुटबल क्लबको होमटाउन, तोचिगी नगर भएर, अभ्यास चाँही इवाफुने माचिको जिन्कोउसीबा रेन्स्युउज्यो (अर्थात् कृत्रिम दूबो अभ्यास स्थल) मा गर्दछ |

यसबाहेक, यो क्लबले, गृहनगर राजदूतको रुपमा, सदाजसो तोचिगी नगरको बैभवहरुको प्रचार प्रसार गरिरहेको हुन्छ |

यो बर्षको आधिकारिक म्याच चाँही, तोचिगी नगरको सोउगोउ उन्दोउ कोउएन रिकुज्योउ क्योउगीज्योउमा संचालन गरिने योजना रहेको छ |

खेलाडीहरु, गाढा नीलो रंगको टीम बसमा यातायात गर्नेछन् |

तपाईंहरुले कतै खेलाडीहरुलाई देख्नु अथवा भेट्नु भयो भने ताली बजाएर हौसला दिने गर्नुहोला |


४. तोचिगी कुरानो माचि संग्राहलयको नि:शुल्क प्रदर्शनी बारे जानकारी !


तोचिगी कुरानो माचि संग्राहलय, एदो कालको अन्त तिर, अर्थात् अहिले देखि १७० बर्ष भन्दापनि अघि निर्माण गरिएका ३ ओटा कुरा (अर्थात् भकारी/भण्डार गृह) लाई, जे जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा नविकरण गरेर, प्रदर्शनी हलको रुपमा परिवर्तन गरिएको दुर्लभ किसिमको संग्राहलय हो |

यो पटकको गृष्मकालीन छुट्टीको लागि मात्र भनेर, विशेष परियोजना अन्तर्गत, संग्राहलयमा राखिने वस्तुहरु सजाई नसकेको अवस्थामा, कुरा भवनको अवलोकन गर्न नि:शुल्क प्रवेश सार्वजनिक गरिएको छ |

यसको अवधि र समय, यहि अगस्त महिनाको ९ तारिक देखि १६ तारिक सम्म, बिहान ९ बजे देखि साँझ ५ बजे सम्म रहेको छ |

यो संग्रहालय भवन , हाल, बाँकी रहेका एदो कालका कुराहरु मध्ये, विशेष र शानदार कुरा (अर्थात् भण्डार गृह) हो |

यसरी नि:शुल्क र सामान्यतया अवलोकन गर्न नसकिने भवनको भित्रको भाग ध्यानपूर्वक हेर्न सकिनेहुनाले, यो अवसरको फाईदा उठाउन नभुल्नु होला |


५. तोचिगी नगरका गृष्मकालीन मेलाहरु बारे जानकारी !


यहि अगस्त महिनाको ४ तारिक (आईतबार), दिउँसो २ बजे देखि, तोचिगी कुरानोमाचि ओदोरीबाट उज़ुमागावा कोउराईबासी ओरिपरी “कुरानोमाचि समर फेस्टिबल” आयोजना गरिन्छ |

सो फेस्टिबलमा, नृत्य तथा पोर्टेबल मन्दिर, ल्याडर कार बोर्डिंग जस्ता अनुभव बाहेक, ई-स्पोर्ट्स प्रतियोगिता तथा हाई स्कूले विध्यार्थीहरुको क्यालिग्राफी प्रदर्शन जस्ता कार्यक्रमहरु रहेका छन् |

अगस्त महिनाको १० तारिक (शनिबार), साँझ ५:३० बजे देखि राती ९ बजे सम्म, इवाफुने सोउगोउ उन्दोउ-ज्योउमा “समर फेस्टा in इवाफुने २०१९” आयोजना गरिने भएकोछ |

उक्त फेस्टामा, शक्तिशाली तथा आकर्षक जापानी ताइको (अथवा दमाहा) कन्सर्ट बाहेक, आतिशबाजी आदि इभेन्टहरु पनि समावेस छन् |

अगस्त महिनाको ११ तारिक (आइतबार), दिउँसो ३:३० बजे देखि राती ८:३० बजे सम्म, चुगा सिमिन् उन्दोउ-ज्योउमा, “४५ औं चुगाबोन् चुगा सिमिन् बोन् नृत्य तथा २०१९ चुगा आतिशबाजी प्रतियोगिता संचालन गरिने योजना रहेकोछ |

गृष्मकालीन मेलाको उत्तराधिकारी मानिने, बोन् नृत्य र आतिशबाजी दुबैको आनन्द लिन सकिने मौका भएकोले अवश्य पनि हेर्न नभुल्नुहोला |