多言語たげんご 情報じょうほう コーナーこーなー

2019ねん06月号がつごう ネパール語ねぱーるご  नेपाली

१. फ़ुरेआई बस (नगर बस) नि:शुल्क संचालन हुने बारे जानकारी !


तोचिगी नगरले, नगरवासीहरुको सुविधाको लागि, शहरी क्षेत्र लगायत जम्मा-जम्मि १० ओटा (फ़ुरेआई बस) लाईन संचालन गरेको छ |

बस भाडा वयस्कलाई १०० येन भएर निर्धारित क्षेत्र नाघेपछि थप १०० येनका दरले बढ्दै गई गन्तव्य सम्म पुग्दा जम्मा ३०० येन मात्र हो | ३ बर्ष देखि प्राथमिक विद्यालयका विद्यार्थी तथा विकलांगहरुको लागि आधा भाडा लाग्ने व्यवस्था छ |

यस पटक उक्त बस बढि भन्दा बढि नगरबासीहरुले प्रयोग गरून् भन्ने उद्देश्यले, यहि जुन् महिनाको १५ तारिक (शनिबार) का दिन सम्पूर्ण लाईनका फुरेआई बसहरु नि:शुल्क गरिएको जानकारी गराईन्छ |

उक्त दिन नि:शुल्क फ़ुरेआई बस चढेर शहर भित्रमात्र नभैकन शहर ओरिपरिका इलाकाहरुको पनि भ्रमण गरि अवसरको सदुपयोग गर्नु कसो होला !

अनि, विदेशी भाषामा मुद्रित बसको समय तालिका शियाकुस्यो प्रधान कार्यालयको कोउचुउ बोहान्-का (अर्थात् यातायात सुरक्षा शाखा) अथवा कोकुसाई कोउर्युउ क्योउकाई (अर्थात् तोचिगी अन्तराष्ट्रिय संगठन)को काउन्टरमा वितरण भैरहेको जानकारी गराइन्छ |


२. कूल-बिज कार्यान्वयन बारे जानकारी !


सर्व प्रथम यहाँहरुलाई कूल-बिज बारे वर्णन गराईन्छ | यो कूल-बिज नामक अभियान, जापान वातावरण मन्त्रालयले सन् २००५ सालको गृष्म ऋतु देखि जापानको विद्युत खपतमा कटौती गर्न (अर्थात् खर्च कम गर्न) एअरकन्डिशनको प्रयोग घटाउने उद्देश्य ले शुरु गरेको जापानी अभियान हो |

तोचिगी शियाकुस्योमा पनि, यहि मे महिनाको १ तारिक देखि अक्टोबर महिनाको ३१ तारिक सम्मको अवधिका लागि, “एअरकन्डिसनको तापक्रम २८ डिग्रीमा सीमित” राखि “नेकटाई बीनाका पोलो शर्ट लगाएर” काम गर्ने उपरोक्त अभियानको कार्यान्वयन गरिने भएको जानकारी गराईन्छ |

यसमा सबैको समझदारी र सहयोगको लागि अनुरोध गरिन्छ |


३. चुगानो सातोको हास (अथवा कमल) मेला बारे जानकारी !


यहि जून महिनाको १५ तारिक शनिबार र १६ तारिक आईतबारका दिन बिहान १० बजे देखि, दिउँसो ३ बजे सम्म, चुगा माचिको उसुकुबो स्थित चुगानो सातो फुरुसातो सेन्टर पार्कको आउटडोर स्टेज ओरिपरी “चुगानो सातो हास माचुरी” संचालन गरिने भएको जानकारी गराईन्छ |

लगभग १,००० बोटका कमलको फूलहरु त्याँहाको तलाउभरि फुलेको हेर्न सकिन्छ |

उक्त मेलामा विभिन्न प्रकारका खानाका परिकारहरुको स्टल पनि राखिएको हुनेछ र प्रवेश शुल्क लाग्ने छैन |

मन नै लोभ्याउने कमलका फूलहरु हेर्न जान नभुल्नु होला |

४. तोचिगी आजिसाई (अर्थात् हाइड्रेंजिया फूल) मेला बारे जानकारी !


यहि जून महिनाको मध्य भाग देखि अन्त सम्म, ओहिरासान् सिजेन् कोउएन् (अर्थात् ओहिरासान् प्राकृतिक बगैचा) को आजिसाई ओर्हालोमा, “तोचिगी आजिसाई मेला” संचालन गरिने भएको जानकारी गराईन्छ |

ओहिरासान् रोक्काकुदोउ अगाडी देखि लिएर, ओहिरासान् जिन्जा सम्म फैलिएको, लगभग १,००० ओटा ढुंगे सिढीको दुबैतिर रोपिएका २,५०० ओटा आजिसाई बोटहरुमा थुप्रै फूलहरु फुलेको हेर्न सकिन्छ |

बर्षातको पानीले भिजेका आजिसाई फूलहरुको रंग अझ ताजा र राम्रो भएर मन नै लोभ्याईदिने हुन्छन् |

यो मेलाको अवधिमा आजिसाई ओर्हालो तथा त्यसका ओरिपरीका पार्किंग स्थलहरु सबै सशुल्क हुने बारे अग्रिम जानकारी गराईन्छ |

उक्त अवधिमा मानिसको भीड बढि हुने हुनाले यातायात देखि लिएर ज्यान सुरक्षाको लागि सावधान रहन हुन अनुरोध गरिन्छ |


५. कोउहोउ तोचिगीको विदेशी भाषा संस्करण बारे जानकारी !


अहिले रेडियोबाट प्रसारण भैरहेको बहुभाषीय जानकारी कर्नरको सामग्रीहरु, तोचिगी नगरको होम-पेजमा पनि पढ्न सकिने कुराको जानकारी अवगत गराईन्छ |

रेडियोमा प्रसारण गरिएका शियाकुस्योका जानकारीहरु इन्टरनेटमा, “कोउहोउ तोचिगी गाईकोकुगोहान्” ले खोजेमा, अंग्रेजी, चिनी, नेपाली, ताकालोग, स्पेन गरी पाँच देशका भाषाहरुमा उल्था गरिएको पेजहरु भेट्न सकिन्छ | नेपाली भाषाको लागि होभने रोमनमा “koho tochigi nepali” ले सर्च गरेर हेर्न सकिन्छ |

हरेक महिना तोचिगी शियाकुस्योबाट जारी हुने गरेका महत्वपूर्ण जानकारीहरु अवगत गरिराख्नु तपाईंको लागि फाईदाजनक कुरा हो |

यस्तो अवसरको सदुपयोग गर्नु हुन अनुरोध गरिन्छ |
धन्यवाद !