多言語 情報 コーナー
2019年05月号 ネパール語 नेपाली
१. “हेइसेइ” बाट “रेइवा” मा परिवर्तन हुने कुराको जानकारी !
जापानको बर्ष गणना गरिने तरिका अनुसार, जापानको सम्राट बदलिने बेलामा नयाँ एरा (अर्थात् सम्बत) शुरु हुने गर्दछ |
यहि मे महिनाको १ तारिक देखि, नयाँ सम्राटमा बदलिनुका साथै, “हेइसेइ” पनि बदलिएर “रेइवा” नामक नयाँ सम्बत शुरु हुनेछ |
यो “रेइवा” शब्द, जापानको बाह्रशय बर्ष भन्दापनि पहिलेको “मान्योउस्यूउ” (अर्थात् जापानको सबभन्दा पुराना कविताहरुको संग्रह) नामक किताब भित्र भएको शब्दहरुबाट छानिएको शब्द हो |
“रेइवा” शब्दमा, “भोलीको आशा संगै, हरेक जापानीले ठूला फूलहरु फुलाउनेछन्” भन्ने आकांक्षा समेटिएकोछ भन्ने मान्यताछ |
जापानमा, नयाँ युग शुरु भएको कुरा जापानमा बस्ने सबै विदेशी नागरिकहरुले पनि प्रत्यक्ष अनुभव गर्नु हुनेछ भन्ने आशा गरिएकोछ |
२. जे एलर्टको जानकारी प्रसारण प्रशिक्षण बारे जानकारी !
यहि मे महिनाको १५ तारिक (बुधबार), बिहान ११ बजे तिर, देश भरि एकैचोटी, जे एलर्ट अर्थात् जानकारी प्रसारण प्रशिक्षण गरिने योजना छ |
जे एलर्ट भनेको, ब्यालिस्टिक मिसाइल, भूकम्प तथा चुनामी बिरुद्ध, तुरुन्त सामना गर्नु पर्ने अवस्था अईपरेका बखत सरकारले जनताहरुलाई आश्रय लिने बारे जानकारी दिने प्रणाली हो |
आउटडोर स्पीकर, बोउसाई रेडियो (प्रकोपको बेलामा जानकारी दिने रेडियो प्रसारण), FM कुरारा ८५७ आदिबाट, झंकार जस्तो ध्वनी संगै “यो जे एलर्टको परिक्षण हो” भनेर बिषय वस्तुको परिक्षण प्रसारण गरिन्छ |
यस बारे यहाँहरु सबैको अग्रिम जानकारी तथा सहयोगको लागि अनुरोध गरिन्छ |
३. वाहन तथा अचल सम्पत्ति करको भुक्तानी सम्बन्धि सूचना पठाईने बारे जानकारी !
हरेक बर्षको अप्रिल महिनाको १ तारिक देखि मे महिनाको ३१ तारिक भित्र, साधारण वाहनहरुको कर भुक्तान गर्नु पर्दछ |
मिनी कार भएकाहरुले मिनी कार कर भुक्तान गर्नु पर्दछ |
वाहन कर भुक्तान नगरेको खण्डमा, स्याकेन् (वाहन परिक्षण) लिन सकिंदैन |
वाहन कर भुक्तानीको लागि, कर कार्यालयबाट, मे महिनाको ७ तारिकमा र मिनी कार कर चाहिं शियाकुस्योबाट मे महिनाको १० तारिकमा, भुक्तानी सूचना सम्बन्धित सबैलाई पठाईन्छ | भुक्तानी गर्ने अन्तिम म्याद मे महिनाको ३१ तारिक हो |
हरेक बर्ष जनवरी महिनाको १ तारिकमा, नगर भित्र घर तथा जग्गा भएका व्यक्तिहरुलाई अचल सम्पत्ति तथा नगर योजना करको भुक्तानी सूचना पठाईन्छ |
मे महिनाको ३१ तारिक सम्ममा, एकमुष्ट अथवा बर्षमा ४ किस्तामा भुक्तानी गर्ने बारे निर्णय गरिसक्नु पर्दछ |
म्याद भित्र भुक्तानी नगरेमा विलम्ब शुल्क लाग्ने हुनाले सावधान हुनुहोला |
नयाँ घर बनाएका तथा पुरानो घर भत्काएका व्यक्तिहरुले शियाकुस्योको सिसान्जेईकामा सम्पर्क राख्नुहोला |
४. बाल भत्ताको लागि आवेदन दिने बारे जानकारी !
बाल भत्ता भनेको, जापानमा बसोबास गरेका र माध्यमिक विध्यालय सम्मका बालबालिकाहरुको भरणपोषण गरिरहेका अभिभावकहरुलाई प्रदान गरिने भत्ता हो |
बाल भत्ता प्राप्त गर्नको लागि, शियाकुस्यो प्रधान कार्यालयको कोसोदाते शीएन्-का तथा प्रत्यक सोउगोउ शिस्योको सिमिन् सेइकाचु-का मा गएर आवेदन दिनु पर्दछ |
नयाँ बच्चा जन्मेको बेला अथवा बसाई सराई गरि आएमा अथवा भत्ता पाउने योग्यता पाएमा, अवश्य पनि बाल भत्ताको आवेदन दिनु होला |
जन्म दर्ता तथा बसाई सराई दर्ता गरेर मात्र बाल भत्ता प्राप्त गर्न सकिने छैन |
बालक जन्मेको दिन तथा अघिल्लो ठेगाना बाट बसाई सराई गरेको दिन देखि १५ दिन भित्र आवेदन दिईसक्नु पर्दछ |
५. केन्सिन् पासपोर्ट तथा केन्सिन् गाइडबूक पठाईने बारे जानकारी !
तोचिगी नगरपालिकाबाट, विशिष्ट स्वास्थ्य परीक्षा तथा क्यान्सर परिक्षणको सूचना “केन्सिन् पासपोर्ट” व्यक्तिगत रुपमा पठाईने गरिन्छ |
सन् २०१९ सालको स्वास्थ्य परिक्षण निर्देशन सम्बन्धि कागजातहरु यहि मे महिनाको मसान्त तिर पठाईने छ |
घरमूलीको नाममा पठाईने खाम भित्र, २० बर्ष नाघेकाहरुको लागि एक जना लाई एक थान “केन्सिन् पासपोर्ट” र परिवारको लागि “केन्सिन् गाईड बूक” एक थान राखिएको हुनेछ |
स्वास्थ्य परिक्षणको लागि आरक्षण चाँही मे महिनाको २३ तारिक देखि शुरु हुनेछ |
अग्रिम आरक्षणको लागि शियाकुस्योको केंकोउ जोउसिन्-कामा फोनबाट सम्पर्क गर्न सकिन्छ | यस बाहेक कम्प्युटर तथा मोबाइल फोनबाट सजिलै “इन्टरनेट आरक्षण” गर्न सकिन्छ |
“केन्सिन् पासपोर्ट” ले सम्पूर्ण शरिरको स्क्रीनिंग (परिक्षण) गराएर, स्वस्थ र आश्वस्त जिन्दगी बिताऔं |