多言語たげんご 情報じょうほう コーナーこーなー

2019ねん4月号がつごう ネパール語ねぱーるご  नेपाली

१. शियाकुस्योको सेवा शाखाहरु खुल्ने समय लम्ब्याईएको बारे |


तोचिगी शियाकुस्योमा, नगरवासीहरुले धेरै जसो प्रयोग गर्ने सेवा शाखाहरु खुल्ने समय लम्ब्याईने भएकोछ |

शियाकुस्यो प्रधान कार्यालयमा, नयाँ बर्ष तथा अन्य बिदाका दिनहरु बाहेक, सोमबार देखि शुक्रबार सम्म, साँझ ५:१५ बजे बाट ७ बजे सम्म सम्ब्याईने भएकोछ |

यसरी खुल्ने सेवा शाखाहरुमा, शियाकुस्योको प्रधान कार्यालयको दोश्रो तल्लाको शिमिन् सेइकाचु-का (जीवन यापन शाखा), होकेन् इर्योउ-का (बीमा चिकित्सा शाखा), शिमिन् जेइ-का (कर शाखा), शिसान् जेइ-का (सम्पत्ति कर शाखा) र स्युजेइ-का (कर संकलन शाखा) हुन् |

यस बाहेक, ओहिरा सोउगोउ शिस्यो, फुजिओका सोउगोउ शिस्यो, इवाफुने सोउगोउ शिस्यो चाँही, शुक्रबारको साँझ ५:१५ देखि ७ बजे सम्म, सेवा समय लम्ब्याईएकोछ |

चुगा सोउगोउ शिस्योको शिमिन् सेइकाचु-का चाँही, पहिलो र दोश्रो शुक्रबारको दिनमा सेवा समय लम्ब्याईएकोछ | निशिकाता सोउगोउ शिस्योको शिमिन् सेइकाचु-का चाँही, शुक्रबारको दिन सम्ब्याईएको समयमा आउनुहुने हरुको आरक्षण लिईने व्यवस्था छ |

यि सुविधाहरुको सदुपयोग गर्नुहोला |


२.गोल्डेन् वीक बिदाको अवधिमा प्रदान गरिने सेवाहरु बारे जानकारी |


शियाकुस्योको प्रधान कार्यालय तथा प्रत्यक सोउगोउ शिस्यो समेत, अप्रिल महिनाको २७ तारिक शनिबार देखि मे महिनाको ६ तारिक सोमबार सम्म, बन्द रहनेछ |

यस अवधिमा जन्म, विवाह र मृत्यु सम्बन्धि अधिसूचनाहरु, शियाकुस्यो प्रधान कार्यालयको पहिलो तल्लाको दक्षिण-पश्चिम कुनामा अवस्थित सुरक्षाकर्मी कक्षमा पेश गर्न सकिनेछ |

यसमा नगरवासी सबैको समझदारी र सहयोगको अपेक्षा गरीन्छ |


३.राष्ट्रिय पेन्सन बीमा शुल्कमा परिवर्तन बारे जानकारी |


राष्ट्रिय पेन्सन बीमा शुलमा हरेक बर्ष संशोधन हुने गर्दछ |

सन् २०१९ सालको पेन्सन बीमा शुल्क प्रति महिना १६,४१० येन निर्धारित गरिएकोछ |

नगद भुक्तानी गर्ने व्यक्तिहरुलाई, अप्रिल महिनाको अन्त तिर जापान पेन्सन बीमा संस्थानबाट भुक्तानी गर्ने भौचर प्रेषित गरिन्छ | प्रत्यक महिनाको पेन्सन बीमा शुल्क आउँदो महिनाको मसान्त सम्ममा भुक्तानी गरिसक्नुहोला |

यो बीमा शुल्क एकमुष्ट भुक्तानी गर्दा, सहुलियत दिईने व्यवस्था छ | बीमा शुल्क एकमुष्ट भुक्तानी गर्ने होभने, मे महिनाको ७ तारिक मंगलबार सम्ममा भुक्तानी गर्नुहोला |


४.पेट बोतलको गोमि फ्याँक्ने तरिका बारे जानकारी |


अप्रिल महिनाको १ तारिक सोमबार देखि, पेट बोतल संसाधन (रि-साईकल हुने सामान)को रूपमा फ्याँक्ने बेलामा, पेट बोतलमा टाँसेको लेबल झिकेर मात्र फ्याँक्नुहोला |

यदि लेबल झिकेको छैनभने, नियम उलंघन गरि फ्याँकिएको गोमिको रूपमा लिई संकलन गरिने छैन |

यस बाहेक, सीधै तोचिगी ग्रीन प्लाजा) सम्म लैजानु हुन्छ भने पनि लेबल चाँही झिक्नु पर्ने हुन्छ |

यसमा सबै नगरवासीहरुको सहयोगको अपेक्षा गरिएकोछ |


५.तोचिगी नगरमा आयोजना गरिने बसन्त ऋतुका इभेन्टहरु बारे जानकारी |


मार्च २९ तारिक देखि अप्रिल १४ तारिक सम्म, नगरका प्रत्यक क्षेत्रमा, साकुरा माचुरी आयोजना गरिनेछन् |

ओहिरासानको साकुरा माचुरी, ओहिरा उन्दोउकोउएन् अगाडी साकुरा-दोरीको ओहिरा साकुरा माचुरी, फुजिओका वातारासे उन्दोउ कोउएन् को फुजिओका साकुरा माचुरी, चुगानो-सातोको हानासाई माचुरी, निशिकाता कानासाकी साकुराजुचुमीको साकुरा माचुरी आदि, थुप्रै बसन्तकालीन कार्यक्रम हरु आयोजना गरिनेछन् |

यस बाहेक, गोल्डेन-वीक अवधिको मे महिनाको १ र २ तारिकमा, तोचिगी दासी काईकान् अगाडिको खुल्ला मैदानमा, अहिले सम्म यो मौसममा अवलोकन गर्न नसकिएको एदो कालको पुतला, “दासी”को प्रदर्शनी गरिनेछ |

प्रतिभाशाली मुर्ति तथा कढाई कलाको नजिकबाट अवलोकन गर्नसकिने भएकोले यस्तो अवसर नगुमाउनु होला |

यस्ता कार्यक्रमहरु हरेक बर्ष अवलोकन गर्न सम्भव नहुने हुनाले मौकाको फाईदा उठाउनुहोस |

हवस् त आजको प्रसारण यहीं समाप्त हुन्छ | मे महिनाको प्रसारणमा फेरी उपस्थित हुनेछु | तब सम्मको लागि आज्ञा चाहन्छु नमस्ते !