多言語 情報 コーナー
2020年3月号 ネパール語 नेपाली
१. नयाँ मोडेलको कोरोना भाईरसबाट हुने निमोनिया बारे जानकारी !
सन् २०१९ डिसेम्बर महिना देखि, चीन देशको बुकान् क्षेत्रबाट उत्पन्न भएको भनिएको नयाँ कोरोना भाईरसबाट हुने निमोनिया हाल संसारभरि फैलिएको छ |
जापान देशभित्र पनि, यो नौलो भाईरस संक्रमण भएका व्यक्तिहरु ठूलो संख्यामा देखापरेका छन् |
यो नयाँ मोडेलको कोरोना भाईरस सर्नबाट रोक्न, बाहिरबाट घर फर्कने बित्तिकै नियमित रुपमा हात धुने र खोकी तथा हाच्छिउं आउँदा मास्कको प्रयोग गर्नु आवश्यक छ |
हात धुँदा, साबुनले कम्तिमा २० सेकेण्ड समय लगाएर धुनु पर्दछ | अल्कोहल आदिले हात राम्ररी शुद्ध पार्नु पनि प्रभावकारी हुन्छ |
हातमा टाँसिएका भाईरस, आँखा, मुख तथा कान आदि द्वारा शरिर भित्र प्रवेश गर्ने हुनाले, हात धुनु अघि मुख छुनु हुँदैन |
रुघा लागेको लक्षण अथवा ३७.५ डिग्री भन्दा बढि तापक्रमको ज्वरो ४ दिन भन्दा बढि निरन्तर भै, गम्भीर शिथिलता अथवा सास फेर्न कठीन अनुभूति भएका व्यक्तिले, केन्नाई केन्कोउ फुकुशी सेन्टर (प्रान्तीय स्वास्थ्य कल्याण केन्द्र) टेलिफोन नं. ०२८५ २२ १२१९ को परामर्श काउन्टरमा सम्पर्क राख्नुहोला |
जापानी भाषा बाहेक अन्य भाषामा परामर्श गर्न चाहने व्यक्तिले, तोचिगी बिदेशीहरुको लागि परामर्श सपोर्ट केन्द्र टेलिफोन नं. ०२८ ६२७ ३३९९ मा सम्पर्क राख्नुहोला |
२. २०२० ओलिम्पिक मशाल रिले बारे जानकारी !
मार्च महिनाको २९ तारिक आईतबारको दिन, टोकियो २०२० ओलिम्पिक मशाल रिले तोचिगी नगरमा आउने भएकोछ |
तोचिगी नगरमा, काउएमोन्च्योउबाट शुरु भएर, दासि काईकानको प्राङ्गणमा टुंगिने जम्मा २.५ कि.मि. दूरीको यो कोर्षमा, १२ जना मशाल धावकहरुले भाग लिने योजना छ |
त्यस बाहेक, तोचिगी नगरमा, उजुमा खोलाको पर्यटन स्थलको डुंगा प्रयोग गरेर कार्यक्रम प्रदर्शन गरिने योजना पनि राखिएकोछ |
अवश्यमेव, सबैले, मशाल रिले रेसलाई सडक किनारबाट हौसला प्रदान गरौँ |
उक्त दिन, मशाल रिले रेस कार्यान्वयन गरिने हुनाले, मशाल दौडिने रूट ओरिपरीका सडकहरुमा ट्राफिक नियमन लागु गरिने व्यहोरा समेत जानकारी गराईन्छ |
यहाँहरु सबैको समझदारी र सहयोगको लागि अनुरोध गरिन्छ |
३. शियाकुस्योको आईतबार खुल्ने शाखा र सेवाहरु बारे जानकारी !
तोचिगी शियाकुस्यो प्रधान कार्यालयमा, मार्च र अप्रिल महिनामा विद्यालयहरुमा नयाँ भर्ना र कर्मचारीहरुको स्थानान्तरण आदि कामहरुले गर्दा, ज्युउमिन्ह्योउ आदिको परिवर्तन हुने जस्ता कामहरु बढ्ने समय भएकोले, आईतबार पनि सम्बन्धित सेवा शाखाहरु खुल्ला गरिने भएकोछ |
खुल्ने सेवा शाखाहरुमा, सिमिन् सेइकाचु-का, होकेन् इर्योउ-का, सिमिन् जेइ-का आदि हुन् तर साविकको सेवा भन्दा फरक भएकोले नखुल्ने सेवा शाखाहरु पनि हुनेछन् |
खुल्ने दिन र समय; मार्च १५ तारिक देखि अप्रिल १९ तारिक सम्मको आईतबारहरु, बिहान ८:३० बजे देखि साँझ ५:१५ बजे सम्म रहेको जानकारी गराईन्छ |
कृपया यो सुविधाको उपयोग गर्नुहोस् |